Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – उदीयमान कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनामा परेर निधन भएको छ। ३० वर्षीय महरा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुर निवासी थिए। स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को शीर्ष ४ सम्म पुगेर चर्चा बटुलेका महराको निधनले नेपाली मनोरञ्जन क्षेत्रमा शोक छाएको छ।

महराले चलाएको मोटरसाइकल कैलालीको गोदावरी नगरपालिका–४ मा दुर्घटनाग्रस्त भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, रोकेर राखिएको सु.प.प्र.०१–००१ क २०६० नम्बरको ट्रक देखेर उनले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकल एक्कासि ब्रेक लगाउँदा पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, मंगलबार राति उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि ट्रक चालक, धनगढी उपमहानगरपालिका–४ बोराडाडीका ५४ वर्षीय नन्दसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महराको असामयिक निधनले परिवार, प्रशंसक र साथीहरूलाई गहिरो क्षति पुऱ्याएको छ।

तपाईको प्रतिक्रिया