Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले चीनको एक्जिम बैंकको ऋणमा निर्मित पोखरा विमानस्थल खराब ऋणमा परेको भन्दै यसबाट प्रतिफल नआउने निष्कर्ष निकालेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठस्थित बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले चीनको खराब ऋणको उदाहरण पोखरा विमानस्थल रहेको सुनाए । ‘पोखरा विमानस्थल खराब ऋणमा पर्‍यो, प्रतिफल नआउने सुनिश्चित देखिइसक्यो’, उनले भने ।

कांग्रेसले चीनसँग भएको बीआरआई सम्झौता, उपनिर्वाचन लगायत विषयमा छलफल गर्न आइतबार कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । बैठकमा बीआरआई अन्तर्गतका परियोजनामा ऋण स्वीकार नहुने र अनुदान मात्रै लिने कांग्रेसले दोहोर्‍यायो ।

परियोजना अगाडि बढेपछि बीआरआई अन्तर्गतका १० वटा परियोजना पनि अनुदानमा अगाडि बढ्ने कांग्रेसको विश्वास छ । ऋणमा कुनै पनि परियोजना सम्झौता नहुने निष्कर्ष कांग्रेसले सुनाएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया