Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आईसीसी टी-२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले पराजित गर्दै समूह बी मा आफ्नो लगातार तेस्रो जित हात पारेको छ। वेष्टइन्डिजको नर्थ साउण्डमा आज बिहान सम्पन्न खेलमा नामिबियाले प्रस्तुत गरेको ७३ रनको लक्ष्य अष्ट्रेलियाले केवल ५.४ ओभरमै १ विकेट गुमाएर पूरा गर्‍यो। यस जितसँगै अष्ट्रेलिया सुपर आठमा प्रवेश गरेको छ।

अष्ट्रेलियाका लागि ट्रभिस हेडले १७ बलमा ३४ रन, डेभिड वार्नरले ८ बलमा २० रन, र मिचेल मार्सले ९ बलमा १८ रन योगदान दिए। वार्नरले ८ बलमा एक छक्का र तीन चौका प्रहार गरे। नामिबियाका लागि एक मात्र विकेट डेभिड विसले लिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा सीमित भयो। नामिबियाका जेराल्ड इरास्मसले ३६ र माइकल भान लङ्गेनले १० रन बनाए, तर अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। अष्ट्रेलियाका लागि एडम जाम्पा सर्वाधिक ४ विकेट लिए भने मर्कस स्टोनिस र जोश हेजलवुडले २/२ विकेट, र प्याट किमिन्स तथा नाथन एसिसले १/१ विकेट लिए।

 

तपाईको प्रतिक्रिया