Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – विराटनगरमा भएको कोशी प्रदेश ट्रफी राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। कर्णाली प्रदेशले दिएको १११ रनको लक्ष्य आर्मीले १२.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो। योसँगै आर्मीले कोशीमाथि नौ विकेटको जित निकालेको छ। लक्ष्य पछ्याउने क्रममा आर्मीका त्रितराज दासले सर्वाधिक रनको अर्धशतकीय पारी खेले। ३३ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्कको मद्दतमा ५० रन बनाएर अविजित रहे।

सन्तोष कार्कीले २१ रन बनाएर आउट हुँदा इमरान शेख ३० बलमा ३८ रन बनाए। कर्णालीका दिनेश अधिकारीले एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा अलआउट हुँदै ११० रन जोड्यो। उसका लागि विपिन रावलले सर्वाधिक २७ रन बनाउँदा मनिष थापा र रविन्द्र शाहीले समान २१-२१ रन जोडे। दिनेश अधिकारीले १२ रन जोड्दा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।आर्मीका सुमित श्रेष्ठ, साहब आलम, बसीर अहमद र त्रितराज दासले समान दुई–दुई विकेट लिँदा पवन कार्कीले एक विकेट हात पारे।

फागुन २२ गतेदेखि शुरू भएको प्रतियोगितामा तीन विभागीय र ७ वटा प्रदेशका टिमले सहभागी थिए। बिहान १० बजे र दिउँसो २ बजे गरी दैनिक दुई वटा खेल सञ्चालन गरिएको थियो। प्रतियोगिताको उपाधि विजेता टिमले पाँच लाख रुपैयाँसहित ट्रफी पाउँदा उपविजेताले ३ लाख र ट्रफी पाएका छन्।

 

तपाईको प्रतिक्रिया