Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फिफा विश्व कप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया जाने राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ। मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष लगायत पदाधिकारीहरुले राष्ट्रिय टोलीलाई बिदाइ गरेका हुन्। राष्ट्रिय फुटबल टोली बुधबार मलेसिया जाँदैछ। मलेसियामा तयारी गरेपछि नेपाली टिम बहराइन जानेछ। एन्फाले ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको समेत घोषणा गरेको छ।

खेलाडी बिदाई कार्यक्रममा मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपालमा पनि राम्रो तयारी भएको र मलेसियामा हुने अभ्यास पनि आगामी खेलका लागी महत्वपूर्ण सावित हुने बताए। बहराइनसँग स्वदेशमा खेल हुँदा त्यसको थप फाइदा नेपाललाई हुने भएपनि बहराइनमा नै खेल हुँदा पनि उच्च मनोवलका साथ मैदान उत्रने उनले बताए।

नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुबै खेल बहराइनमै हुने पक्का भइसकेको छ। पूर्व निर्धारित खेल अनुसार नेपाल र बहराइनबीचको पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते बहराइन नेसनल स्टेडियमा हुने एन्फाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया