Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिज आजदेखि सुरू हुँदैछ। हङकङमा हुने सिरिजको पहिलो खेल आज नेपाल र घरेलु टोली हङकङबीच हुँदैछ। दुई टोली बीचको खेल हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुने छ।

बुधबारसम्म चल्ने सिरिजमा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ। आजको खेलपछि नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्ने छ। यसअघि शनिबार भएको फ्रेन्ड्सिप कपअन्तर्गतको नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो।

आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली टोली त्रिकोणात्मक टी-२० सिरिज खेल्न बिहीबार हङकङ पुगेको थियो।

तपाईको प्रतिक्रिया