Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आगामी साता हङकङमा हुने त्रिदेशीय टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ।

टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीय जोरा, आरिफ शेख विवेक यादव, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिशी, लोकेश बम आकाश चन्द र अविनाश बोहोरा छन्। तर, नियमित ओपनर ब्याटर आसिफ शेख, फास्ट बलर सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, कुशल मल्ल र अनिलकुमार साहलाई भने टिमबाहिर राखिएको छ । क्यानका अनुसार उनीहरूलाई विश्राम दिइएको हो ।

नेपालले फागुन २६ देखि फागुन ३० (मार्च ९ देखि १३) गतेसम्म हङकङमा त्रिदेशीय टी–२० सिरिज खेल्न लागेको हो। सिरिजमा नेपालसहित हङकङ र पपुवा न्यूगिनी पिएनजी सहभागी हुनेछन्। नेपालले फागुन २६ मा नेपालले हङकङसँग फ्रेन्डसीप खेल खेल्नेछ ।

सिरिजको पहिलो खेल हङकङसंग फागुन २७ र दोस्रो खेल पपुवा न्युगिनिसँग फागुन २९ गते खेल्नेछ । फाइनल खेल फागुन ३० गते हुनेछ।

 

तपाईको प्रतिक्रिया