Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युएईबीच आज जारी खेल वर्षाले रोकिए पनि त्रिवि क्रिकेट मैदानमा अहिलेसम्म दर्शकको उपस्थितिमा कुनै कमी आएको छैन ।यी दुई टोलीको रोमाञ्चक खेल हेर्न दर्शक छाता ओढेर तथा भिजेरै पनि मैदानमा खडा छन् । त्यसो त कतिपय दर्शक रुखमा चढेको पनि देखिएको छ । वर्षालाई दर्शकले अवरोधभन्दा पनि रोमाञ्चकता प्राप्त गर्ने अवसरकार रूपमा लिएका छन् ।वर्षा रोकिएपछि खेल सुचारु गर्न मैदान र पिचलाई भने अहिले त्रिपालले ढाकिएको छ । वर्षा रोकिने सम्भावना नदेखिए आजको खेल स्थगित पनि हुन सक्छ । दोस्रो पटक वर्षाले खेल रोकिनुअघि पहिलो पारीमा व्याटिङ गरेको यूएईले २७.३ ओभर खेलेर ९ विकेट गुमाउँदै जम्मा १०६ रन बनाएको छ ।-तस्बिर : क्यान

तपाईको प्रतिक्रिया