Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

काठमाडाैं – युरोपको सबैभन्दा व्यस्त न्यून भाडादर (लो कस्ट) को विमान कम्पनी इजिजेटका कर्मचारीहरूले अगस्टमा ९ दिनको हडताल आह्वान गरेपछि लाखौं यात्रु प्रभावित हुने भएका छन् ।

युरोपमा अगस्ट वर्षभरकै सबैभन्दा व्यस्त बिदा मनाउने समय भएकाले हडतालले लाखौं यात्रुलाई प्रभावित गर्ने भएको छ । कम लागतको विमानद्वारा पोर्चुगल र स्पेनमा उडान गर्ने यात्रुहरूले छुट्टीयाम अगस्टभरि ठूलो यात्रा अवरोधको सामना गर्नुपर्ने छ ।

स्पेन र पोर्चुगलमा इजिजेटका पाइलटहरूले आफ्नो तलब र कामको अवस्था सुधार्नुपर्ने माग गर्दै यो महिना ९ दिन कामबाट बाहिरिने घोषणा गरेका छन् । स्पेनिस युनियन अफ एयरलाइन पाइलट (सेप्ला) ले १२ देखि १४, १९ देखि २१ र २७ देखि २९ अगस्टसम्म तीन फरक फरक मितिमा ७२ घण्टा हडताल गरिने जनाएका छन् । पाइलटहरूले काम गर्ने अवस्था कोरोना भाइरस अघिभन्दा हाल बिग्रिएकाले भाइरसपूर्वको अवस्था पुनस्र्थापित गर्न र आफ्नो न्यूनतल तलब बढाउनुपर्ने लगायत माग राखेका छन् ।

युनियनले इजिजेटलाई आफ्ना पाइलटहरूको सम्झौता अल्पकालीन गरेकाले त्यसलाई बढाएर नयाँ दीर्घकालीन समयको बहुवर्षीय सम्झौताहरू उपलब्ध गराउन पनि माग गरेको छ । सेप्लाले आफ्ना प्रतिनिधिहरूले ६ महिनाभन्दा बढी वार्तालाप गर्दा पनि समाधान ननिकालेको भन्दै हडताल आह्वान गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया