Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

काठमाडौं अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले विवाह गरेका छन्। दुई वर्षदेखि प्रेममा रहेका उनीहरुले शुक्रबार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा विवाह गरेका हुन्।

विवाहमा दुलहा र दुलही पक्षका परिवार र आफन्तसँगै उनीहरुनिकट फिल्मकर्मी सहभागी छन्। नीता र हरिहरले आइतबार साँझ होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी दिने भएका छन्।

पार्टीमा भारतीय कलाकार प्रदीप राउतलगायत सहभागी हुने बताइएको छ। उनीहरु दुवै मिलेर फिल्म ‘ह्रस्वदीर्घ’ बनाउँदैछन्। नेपाली कलाकारका साथै चर्चित भारतीय कलाकार ब्रह्मानन्दन, प्रदीप राउतलगायतकव अभिनय रहनेछ। फिल्म नेपाली र हिन्दी भाषामा निर्माण हुने बताइएको छ। फिल्म सुटिङ थाल्नुअघि उनीहरुले विवाह गरेका हुन्।

तपाईको प्रतिक्रिया