Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं नेपालमा लगातार तीन दिनदेखि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। कोरोना संक्रमणदर दैनिक घटिरहँदा मृत्यु हुनेको संख्या पनि घटेको हो।

शनिबार, आइतबार र सोमबार कोरोनाबाट शून्य मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९५० जना संक्रमितको मृत्यु भइसकेको छ।

यसअघि शुक्रबार एक जनाको मृत्यु भएको थियो भने बिहीबार र बुधबार मृत्यु संख्या शून्य थियो। नेपालमा हाल कोरोना संक्रमणदर एक दशमलव सात प्रतिशत छ। पाँच प्रतिशतभन्दा कम भएको अवस्थालाई  कोरोना संक्रमण सामान्य मान्न सकिने मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया