Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानी नोट येन बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ । सुन्दा अचम्म लागे पनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

अर्गेलीको बोक्रा जापानी नोट बनाउन प्रयोग हुन्छ । आजको नागरिक दैनिकमा समाचार छ ।

‘अर्गेलीको बोक्रा विशेष गरी नोट बनाउन जापानमा निर्यात भइरहेको छ’, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका बरिष्ठ अधिकृत कृष्णराज बजगाईँले भने, ‘यसको निर्यात बर्षैपिच्छे उल्लेख्य दरमा बृद्धी भइरहेको छ ।’

अर्गेली पहाडी भेगमा पाइने एक प्रकारबो बिरुवा हो । जसको बोक्रा नेपालमा हाते कागज बनाउन प्रंयोग गरिन्छ। त्यसैको बोक्रा जापानले भने केही वर्षदेखि आफ्नो कागजको नोट बनाउन लैजाने गरेको छ।

अर्गेली जापानमा मात्र होइन चीन, हङकङ, अमेरिका, भियतनाम, भारतलगायत देशमा पनि निर्यात हुँदै आएको छ।

स्वदेशमा हाते कागज बनाउन अर्गेलीको माग धेरै छ। विदेशमा पनि ठूलो माग छ तर यसको व्यावसायिक रुपमा गुणस्तरीय खेती यहाँ हुन सकेको छैन। अर्गेलीको विरुवाबाट बन्ने कच्चा पदार्थलाई गुणस्तर अनुसार ए, बी, सी र डी मा वर्गीकरण गरिन्छ। उच्च गुणस्तरलाई धेरै मूल्य र कम गुणस्तरलाई कम मूल्य निर्धारण गरेर बिक्री गरिन्छ।

तपाईको प्रतिक्रिया