Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडाैं – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनको दिगो उपयोगका लागि वैज्ञानिक वन व्यवस्थापन जरुरी रहेको बताउनुभएको छ ।  सामुदायिक वन उपभोक्ता महासंघको २३ औंँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले वन क्षेत्रको उपयोग र संरक्षणबीच सन्तुलन कायम गर्ने स्पष्ट कार्यदिशाका साथ मन्त्रालय अगाडि बढेको उल्लेख गर्नुभयो ।

उहाँले मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको योगदान उल्लेख्य रुपमा वृद्धि गरिने प्रतिबद्धता जनाउनुभयो । वन क्षेत्रमा रहेका संरक्षणमुखी कानून, नीति र विधिमा समयसापेक्ष सुधार गर्दै संरक्षण र उपयोगका लागि सन्तुलनकारी नीति निर्माण गरिने मन्त्री बस्नेतको भनाइ थियो ।

मन्त्री बस्नेतले वन क्षेत्रको उपयोग र विकास निर्माणका काम गर्दा आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया