काठमाडौं – पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएको १२ मध्ये ११ जनाको खनासत भएको छ । सनाखत भएकामा विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार ११ जनाको घटनास्थलमै र एक जनाकोउपचारका लागि पाल्पा लैजानै गर्दा बाटोमा मृत्यु भएको हो । तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा अन्य १० जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते लार्इ उद्धार गरी अस्पताल लगिएको छ ।
लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस आज बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भएको छ । बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ ।








