Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026
टोकियो-परदेशमा रहेर पनि घरदेशको कला, साहित्य र संगीतको उत्थानमा सकृय रहने नेपालीहरु केही मात्रामा भेटिने गर्छन्  यसै बिच जापान जस्तो ब्यस्त देशमा रहेर ब्यस्तताको बाबजुत पनि अनिल भुसाल, अनिलकुमार  निर्दोस, बिमल जि यम, मखन श्रीस, मिस टाइगर, रन्जु घले लगायतको  समुहले “कोही लुकेर” बोलको गीतको भिडियो सार्वजनिक  गरेको छ ।
सालिक सापकोटाको शब्द, संगीत र हेमन्त शिशिरको आवाजमा रहेको उक्त गीतको भिडियो जापानको सेन्दाइ स्थित बिभिन्न रमणीय  स्थलहरुमा छायांकन  गरिएको छ, जापान बिशेष  दृष्‍य देख्न पाइने भिडियोलाई अनिल भुसालले छायांकन र निर्देशन गरेका छन ।
शारिरीक र मानसिक रुपमा फरक क्षमता भएका मानिसहरुमा पनि साधारण मान्छेमा जस्तै मन र रहर हुन्छन भन्ने बिषय प्रस्तुत गरिएको उक्त भिडियोमा अनिल भुसाल, अनिलकुमार  निर्दोश, बिमल जि यम, मखन श्रीस, मिस टाइगर, रन्जु घले लगायतको अभिनय रहेको छ ।
रेमन क्रियसनको यू ट्युब च्यानलबाट भिडियोलाई  सार्वजनिक गरिएको छ । यो समुहले यस अघि पनि “यो शहर हो” बोलको गीतको भिडियो र “दिव्य दृष्‍टि” सर्ट मूभी पनि सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया