Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० विश्व क्रिकेट लिग च्याम्पियनसिप ९डब्लूसीएलर्सी० को जारी खेल बर्षाले अवरुद्ध भएको छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी ३८ ओभरको खेलमा नेपालले ३६ औँ ओभरको समाप्तिमा आठ विकेटको क्षतिमा ११२ रन बनाएको छ।

शनिबारको खेलमा सिंगापुरका सारिका र नेपालको विनयकुमार झा अम्पायर छन् भने रिजर्भ अम्पायरमा नेपालकै देवेन्द्र सुवेदी छन् ।  आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आमने सामने भएका हुन् । खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ ।

दुवै टोली शीर्ष चारमा रहनको लागि पनि कडा प्रतिस्पर्धामा छन् । शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा खेल्न मौका पाउनेछन् ।

तपाईको प्रतिक्रिया