Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

अमिताभ बच्चन हालै महिलामा आधारित चलचित्र पिन्कलाई लिएर चर्चामा आएका थिए । अब उनले लैङगिक समानताका लागि वास्तविक जीवनमा एउटा ठूलो निर्णय गरेका छन् ।

अमिताभले उनको सम्पत्ती छोरा अभिषेक र छोरी श्वेता नन्दामा बराबर बाँड्ने निर्णय गरेका छन् । सोसल मिडिया ट्वीटरमा यसबारे जानकारी दिँदै अभिताभले उनको मृत्युपछि उनको सम्पत्तिमा अभिषेक र श्वेताको बराबरको अधिकार हुने लेखेका छन् ।

तस्बिरसँगै सोसल मिडियामा उनले यो घोषणा गरेका हुन् । यसै माध्यमद्वारा उनले ‘लैङगिक समानता’ र ‘हामी बराबर हौँ’ भन्ने सन्देश दिएका छन् । उनको यो स्ट्यान्ड तीब्र रुपमा सोसल मिडिया युजरमा फैलिरहेको छ ।

तपाईको प्रतिक्रिया