Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – झापा ११ लाई हराएर दोश्रो झापा गोल्डकप फुटवलको उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । विर्तामोडको डोमालाल रंगशालामा मनाङलाई जिताउन ६३ औं मिनेटमा ओलावालेले गोल गरे ।

योसँगै मनाङले सिजनमा तेस्रो उपाधी जितेको हो । यसअघि उसले धनगढीमा भएको खप्तड गोल्डकप र पोखरामा भएको आहारारा गोल्डकप जितेको थियो ।

जितसँगै मनाङले ७ लाख रुपैयाँ र आयोजक झापा ११ ले ५ लाख रुपैयाँ पाएको छ । पहिलो संस्करणमा झापा नेपाल आर्मीसँग फाइनलमै पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया