काठमाडौं – घानालाई हराउँदै क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा क्यामरुनले घानालाई २–० ले हराएको हो ।

खेलमा क्यामरुनलाई विजयी गराउन मिचेल गाद्जुई र क्रिश्चियन बासोगगले एक–एक गोल गरे । जितसँगै क्यामरुनले इजिप्टसँगको फाइनल भिडन्त तय गरेको छ ।
अफ्रिकी महादेशको सबैभन्दा सफल टोली ईजिप्टले पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई टाईब्रेकरमा हराउँदै फाइनलमा ठाउँ पक्का गरेको थियो ।








