Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

अमदाइभका (युक्रेन) – युक्रेनमा गत आइतबारदेखि सुरु भएको सरकारी सेना र रसिया पक्षधर विद्रोहीबीचको झडपमा परी ज्यान गुमाउनेको सङ्ख्या बिहीबारसम्म २१ पुगेको छ ।

सरकारी सेना र विद्रोहीबीच बिहीबार दिउसोसम्म तोप र रकेट आक्रमण जारी रहेको भएपनि अपरान्ह्बाट स्थितिमा सामान्य सुधार आएको सरकारी अधिकारीले एएफपीलाई बताएका छन् । उक्त क्षेत्रमा दुई पक्षबीच भएको भिडन्तपछि अमदाइभका र वरपरका मानिसहरु विस्थापित भई चिसोमा खुला आकाशमुनी जम्मा भई बसेका बताइएको छ ।

रसिया र युक्रेनले पछिल्लो झडप सुरु हुनुमा एक अर्कालाई दोषी भन्दै आरोप प्रत्यारोप लगाइरहेका छन् भने अन्तर्राष्टिय समुदायबाट झडप र मृत्यु सम्बन्धमा गहिरो चासो व्यक्त भएको छ । संयुक्त राष्ट्रसङ्घ, यूरोपियन युनियनलगायतले मिन्स्क सम्झौताको उल्लङ्घन गर्दै भएका पछिल्लो झडपप्रति संवेदनशील बन्न सरकार, विद्रोही र सम्बद्ध पक्षसँग आग्रह गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया