Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – चलचित्र छक्का पञ्जाको सफलतासँगै निर्देशक दीपाश्री निरौलाले नयाँ कार किन्नुभएको छ । निरौलाले रातो रंगको ‘ह्युन्डाइ आइ ट्वेन्टी एक्टिभ’ किन्नुभएको हो । दीपाले किनेको यो दोस्रो कार हो ।

यसअघि उहाँ सिल्भर रंगको सेन्ट्रो चढ्दै आउनुभएको थियो । ज्योतिषीको सल्लाह अनुसार हरेक काम गर्ने दीपाले कार किन्दा पनि ज्योतिषीकै सुझाव अनुसार रंग र कारको नम्बर छनौट गरेको बताउनुभयो ।

यहाँसम्मकी कार भित्र्याउने शुभ साइत सोमबार दिउँसो ४ बजे तोकिएको थियो । ‘यो कार छक्का पञ्जाको टिमको उपहार हो ?’ भन्ने हाम्रो प्रश्नमा दीपाले भन्नुभयाृ, ‘सबैले माया गरेर यो कार किनिदिनु भएको हो ।

मलाई यो रंगको कार फाप्छ भनेर नि भन्नु भएको छ ।’ दीपाले किनेको यो कारको मूल्य झण्डै ४० लाख पर्छ ।

तपाईको प्रतिक्रिया