लिस्बन – गैह्र–आबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको आयोजनामा २२ जनवरी २०१७ का दिन एनआरएन आरसीसी रनिङ्ग कप फुटबल प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । 
प्रतियोगितामा ताबिराको टिमले प्रथम स्थान र ओल्याओका टिमले दोस्रो स्थान हाँसिल गरेका थिए । त्यसैगरी उत्कृष्ठ गोल किपर बिजय गुरुङ, उत्कृस्ट खेलाडी आङ्ग्सेङ्ग सेङ्ग्देन घोसित भएका थिए भने सबै भन्दा बढी गोल प्रकाश पौडेलले गरेका थिए ।
बिजयी खेलाडीहारुलाई नगद, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो भने पहिलो र दोस्रो हुने टिमलाई क्रमशः १०० र ५० यूरो नगद नेप्लिज पोर्तुगिज समाज नर्वेले उपलब्ध गराएको थियो । आल्बुफेरा ए, आल्बुफेरा बि, भिल्लामोरा ए, भिल्लामोरा बि, मोन्तेगोर्दो, ताबिरा, लुज ताबिरा, ताबिरा युथ र ओल्याओ गरि ९ टिमले सहभागिता जनाएका थिए ।








