काठमाडौं – बलिउड सुपर स्टार आमिर खानको फिल्म ‘दंगल’ ले ३४५.३ करोड रुपैयाँ कमाई गरेर नयाँ रेकर्ड कायम गरेको छ । दंगलले हिन्दी फिल्ममा धेरै कमाई गर्नेमा एक नयाँ रेकर्ड बनाएको एनडीटीभी अनलाइनले जनाएको छ ।

सो फिल्मका निर्माताद्वारा जारी गरिएको एक विज्ञप्तीका अनुसार गत महिना डिसेम्बर २३ मा रिलिज भएको ‘दंगल’ ले ८ जनवरी सम्ममा सो कमाइ गर्न सफल भएको हो ।
यसै गरि ‘दंगल’ ले आमिर खानको यसअघिको फिल्म ‘पीके’ को रेकर्डलाई पनि तोडेको छ ।
नितेश तिवारीले निर्देशन गरेको खेल कथामा आधारित यो फिल्म पहलवान महावीर फोगाटको जीवनमा आधारित छ ।








