Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानले साहित्यिक कार्यक्रमको ३८ औं श्रृखंला अन्तर्गत लक्ष्मी जयन्ती तथा ‘अनेसास जापान सिटी मनी साहित्य पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्ने भएको छ । inls-ho

अनेसास जापानले यही नोभेम्बर ६ तारिक आइतबार नेपाली मुरा हल (सोलमारी ) सिनओकुबुमा दिउसो २ बजेदेखी लक्ष्मी जयन्तीको अवसर पारेर अनेसास जापान सिटी मनी साहित्य पुरस्कारको लागी जापान व्यापी खुला कबिता प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमका साथै ३८ औँ नियमित साहित्यीक श्रृखंला तथा बिशुद्ध साहित्यिक एबम कविता बाचन कार्यक्रमको आयोजना गरेको समाजका महासचिव दिप पाठकले जानकारी दिनुभयो ।

कार्यक्रममा विभीन्न संघसंस्थाका प्रतिनिधि लगायत नेपाली कला र साहित्यलाई माया गर्ने सम्पूर्णलाई उपस्थितका लागी अनुरोध समेत गरिएको छ । अनेसास जापानले हरेक प्रत्येक ३ महिनामा आफ्नो साहित्य श्रृङखला गर्दै जापानमा रहेका स्रष्टा, सर्जकका भावनालाई उजागर गरिरहेको छ ।

तपाईको प्रतिक्रिया