Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – अन्तर्राष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले थप दुई विद्यालय पुनर्निर्माण गर्ने भएको छ । सम्भव फाउन्डेशनको सहकार्यमा सोलिडारिटीले नुवाकोट र दोलखामा गरी थप दुई विद्यालय पुनर्निर्माण गर्ने जनाएको छ ।

पिस फाउन्डेशन यूके र डेनमार्कको करिब २३ लाख रुपैयाँ आर्थिक सहयोगमा नुवाकोटको शान्ति निम्न माध्यामिक विद्यालय र दोलखाको सरस्वती निम्न माध्यामिक विद्यालय पुनर्निर्माण गर्न लागिएको सोलिडारिटीले जनाएको छ ।

नेपाल सहित विश्वका विभिन्न देशहरूमा आफ्नो च्याप्टर स्थापना गरेको सोलिडारिटीले यस वर्ष मात्रै भूकम्पबाट क्षतीग्रस्त अन्य १० विद्यालयहरू पुनर्निर्माण गरी सकेको सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया