Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

Taraman photoसउल –  नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (SONSIK) को दशौं साधारणसभा अगष्ट १७-१८ मा देगु सहर स्थित यौंगनाम बिश्व बिद्यालयमा तारामान कडायतको नेतृत्वमा नया कार्यकारी समितिको गठन गरि सुसम्पन्न भयो ।

सभापति पदका लागि भएको निर्बाचनमा जितेन्द्र तिमिल्सिना उपाध्याय (जितु), जीवन पौडेल र तारामान कडायत बीच प्रतिस्पर्धा भएको थियो भने सउल क्षेत्रका लागि उपाध्यक्ष पदमा नबराज काफ्ले र बिमल सुबेदी बीच प्रतिस्पर्धा भएको थियो अन्य क्षेत्रका लागि चुनिएका उपाध्यक्षमा भने सहमतिमै सम्पन्न भएको थियो ।

दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाको प्रमुख आतिथ्यता र नवौं कार्यसमितिका कार्यकारी अध्यक्ष रमाकान्त लामिछानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उपनियोग प्रमुख राजाराम बर्त्यौला, गेंग्संग दो प्रान्तका लागि नेपाली कन्सुलर प्राध्यापक डा. युनसंग दो, एनआरएन कोरियाका प्रतिनिधि डा. देवीबहादुर बस्नेत, सोनसिकका पूर्व सभापति प्रकाश धमला, आस्था बिन्दु मल्ल लगायत नेपालमा सहयोग गर्ने कोरियाली संघ संस्थाहरु नमस्ते नेपाल चिल्ड्रेन ग्रुप, कोरिया नेपाल एसोसिएसन, देगु माउन्टेनिअरिंग स्कुल, ओन बुल्क्योका प्रतिनिधिहरु लगायत कोरियामा अध्यनरत विभिन्न क्षेत्रका नेपाली बिधार्थी तथा अतिथिहरु गरि जम्मा २१२ जनाको सहभागीहरुको उपस्थिति थियो ।

नवौं कार्यसमितिका उपसभापति तथा बार्षिक साधारण सभा स्थानिय आयोजक कमिटीका संयोजक अमित सुबेदीकाअनुसार उक्त कार्यक्रममा वर्षभरि गरिएका बिद्यार्थीका गतिबिधि तथा भाबी कार्ययोजनाबारे छलफल हुनुका साथै नयाँ कार्यसमिति निर्बाचनबाट गठन भएको अबगत गराउनुभयो । साथै नवनिर्वाचित कार्यसमितिले बिद्यार्थी हकहितकालागि राम्रा तथा नयाँ कामहरु गरि सोनसिकलाई थप उचाइमा पुराउने आशा सबैले गरेको जानकारी गराउनुभएको छ। संयोजक सुबेदीकाअनुसार नयाँ कार्यसमितिका पदाधिकारीहरुको नामावली यसप्रकार रहेको छ l

सभापति – तारामान कडायत
उपसभापति –नभराज काफ्ले, अजयकुमार झा,  निरन्जन कोइराला र सुरेशराज पन्त
सचिव – उज्वल कर्माचार्य
सहसचिव – बिमल सिङ बिस्ट
कोषाध्यक्ष – धर्मराज गौतम

सदस्यहरु
सुमन पौडेल
सिध्दार्थबिक्रम पाण्डे
सुश्री दुर्गा बन्जाडे
टिकाराम अर्याल
रोशन घिमिरे
अन्त्यमा संयोजक अमित सुबेदीले सोनसिकलाई मायागरी यसको दशौं साधारण सभालाई सफल बनाईदिनुहुने सम्पूर्ण महानुभाव तथा आयोजक कमिटी, कमिटीका सल्लाहकार द्वय डा. राजेशचन्द्र जोशी, डा. ज्ञानेन्द्रप्रसाद जोशीलाई बिशेष धन्यवाद दिनुभएको थियो ।
DSC_0216 DSC_0586

तपाईको प्रतिक्रिया