Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

nrnukलण्डन – एनआरएन जननी भूमि बेलयत हो । अरु देशको एनआरएन भन्दा यो देशमा परिस्थितिहरु फरक छन । त्यही फरक परिस्थितिमा संसारहरुका एनआरएनहरुमा असहजको परिस्थितीहरुको सामाना गरिरहेको अहिलेको परिस्थितिमा बेलायत पनि अछुतो रहन सकेन ।

अगष्ट १७ मा सदस्यस्ता फर्म भर्ने अन्तिम दिन बेलायतको रेडीङ्गमा रहेको कार्यलयमा फर्म दर्ता गर्ने क्रममा देखिएको असहज परिस्थितीले र निर्वाचन आयोगले देखाएको गलत रबैयाले हो भन्ने बिषयमा बिवाद भएको हो । बिवादले दुई एनआरएन बनाउने सम्मको बिषयमा चर्को रुपमा उठेको थियो । दर्ता नभएका सदस्यहरुको भेलाले अर्को एनआरएन १५ सेप्टेम्वरकै दिन भेला गर्नु पर्छ भन्ने आवाज उठेको छ । सडकमा उठेको बिषयले साच्चै रुपधारणा गरेमा अर्को एनआरएनको जननी हुने मौका पनि बेलायतले पाउने छ ।

एघार हजार सदस्यहरुको फर्म कार्यलयको ढोकाबाट फिर्ता भई सदस्य हुनबाट बञ्चित हुनु भनेको सायद अन्य कुनै देशमा भएको छैन । यि सबै सदस्यहरुलाई बेवास्ता गरियो भने सडकमा उठेका आवाजले सांगठानिक रुप धारणा गर्ने छैन भन्न सकिदैन । यि सदस्यहरुको सदस्यता हुन पाउने अधिकारमा एनआरएनको अहिलेका कार्य समितिले आज निर्वाचन कार्यलय अगाडि जस्तै बेवास्ता गर्ने हो भने संपूर्ण बेलायतबासीले एनआरएनलाई बेवास्ता गर्ने परिस्थिति आउदैन भन्न सकिदैन ।

एनआरएनले बेलायतले बेलायतको समाजलाई बिभाजन गर्दै छ भन्ने सन्देश बेलायत तथा अन्य मुलुकका प्रवासी नेपालीहरुमा पर्न सक्नेछ । जनतालाई सूचनाको हकवाट बञ्चित गर्ने जस्तो कार्यले बेलायत जस्तो मुलुकमा जनतालाई रैतिको स्थानमा देख्ने नेपाली सामन्ति प्रबृत्तिनै एनआरएन जस्तो प्रवासी नेपालीहरुको साझा भनिने संगठन भित्र रहेकोले आउने दिनमा यो कार्यलाई ध्यान दिने कुरामा बेलायतबासी नेपालीहरुको माग रहेको पाईयो ।

बेलायतमा लगभग एक लाख भन्दा बढिको संख्यामा नेपालीहरु रहेको अनुमान गरिन्छ । अहिलेसम्म एनआरएनमा जम्मा तिन हजारको हाराहारीमा मात्र सदस्यहरु रहेको थियो । बिगतको चुनावमा केहि हद सम्म मिलीजुलि गरेर नै एनआरएन बेलायतले आफ्नो परिचय दिएको थियो तर यो पटक बिगतमा भएको संझौतालाई अहिलेको कार्य समितिलेनै उल्लंघन गर्दै सहमतिय बातवरणलाई बिगारेको हो भन्ने बिषयमा बेलायतबासीहरुको गुनासो पाईन्छ ।

उम्मेदवारको दर्ता नभईसकेको भए पनि बिभिन्न पार्टीको समर्थन र ति पार्टीका निर्णयबाट अहिलेसम्म तिन जना अध्यक्षको उम्मेद्धवारी घोषणा गरियो । चुनावी सरगर्मिसंगै सदस्यता बनाउने होडबाजी यसरी बढ्योकी दस पाउण्ड राखिएको सदस्यता शुल्कलाई नि:शुल्क भरियो र अध्यक्षका प्रत्यासीहरुलेनै सदस्यता शुल्क तिर्ने कामहरु भयो । सदस्यता सोचें भन्दा यति धेरै भयो कि बिगतको तिनहजारको हारारीमा भएको सदस्य लगभग १७ हजारको हाराहरीमा पुग्ने अनुमान गरियो ।

सदस्य शुल्क उम्मेदवारहरुले तिर्ने प्रकृयाको जनस्तर देखी नै बिरोध रहन गएको थियो । यहि प्रकृयागत त्रेर्टीनै एनआरएन बेलायतको बिवादको मुख्य चुरो थियो । किनकी पैसा नहुनेले एनआरएनको नेतृत्वको कल्पना भन्दा बाहिरको बिषय बन्दै जानु प्रवासी नेपालीहरुको भावाना बिपरित थियो जुन एनआरएन बेलायतले रोक्न सकेन । एक अध्यक्षको प्रत्यासीले जित्नका लागी थोरैमा पनि ६ हजारको हाराहारीमा सदस्य बनाउनुपर्ने र त्यसको लागि लगभग साट्ठी हजार पाउण्ड सदस्य शुल्क मात्रै लाग्ने हुनाले र अन्य खर्च जोड्दा लगभग एक लाख पाउण्डको हाराहारीमा खर्च हुने देखिन्छ । अव बेलायत एनआरएनमा पैसा हावी भयो भन्नेनै बेलायतबासी नेपालीहरुको मुख्य चिन्ता हो । एनआरएन बेलायतमा पैसा नभएका तर बुद्धी र बिबेक भएकाहरुले पनि स्थान पाउने बातवरण निर्माण हुनुपरयो भन्ने बिषयको चिन्ता नै अहिलेको मुख्य चिन्ता हो ।

यसका साथै एनआरएन सबैको साझा भन्ने गरिन्छ तर ब्यवाहारमा ठिक उल्टो रहेको पाईयो किन की अमुक संगठनका सदस्यहरुले यो संस्थालाई आफ्नो पक्कडमा राख्न खोज्नुले पनि बिवादले ठांउ पाएको भित्री पाटो हो भन्न सकिन्छ ।

किन भयो सदस्यता फर्म दर्ता बहिस्कार ?
चुनावको सदस्यता भर्ने अन्तिम दिन बेलायतको रिडीङ्गमा निर्वाचन कार्यलयमा लगभग दुई सयको हाराहारीमा उपस्थित नेपालीहरु सिमसिमे पानिमा भिजेरै भए पनि सदस्यताको लागि लाम बद्ध थिए । एक जनाले १०० फर्म भन्दा बढी दर्ता गर्न नपाउने नियम निर्वाचन आयोगले बनाएको थियो । लगभग ५० जनाको हाराहारीमा फर्महरु लिएर उभिएका थिए भने एक जना दाजुले लौ न मलाई १५ जाना चाहियो १५ सय फर्म छ भनेर खोज्दै हुनुहुन्थ्यो । यसरी एउटा उत्साह जस्तै देखिनेगरी कामहरु अगाडि बढेको देखिन्थ्यो । म आफु अध्यक्षको प्रत्यसी संगै अलि बढी केन्द्रित थिंए । उहाहरु मध्य दुई जना प्रत्यसीहरुलाई मैले पुरै समय चिन्तित रहेको पाएं । यो चिन्ता कि त एकता गर्ने भन्ने बिषयमा छ कि त आर्थिक सवालमा छ भन्नेमा नै लाग्यो । तर एकाएक अध्यक्षको प्रत्यासी महेन्द्र कंडेलले कार्यलयबाट निस्कदै निर्वाचन आयोगलाई भरोसा गर्न सक्ने कुनै पनि आधार देखिएन भन्दै निस्कनुभयो । फर्म बुझाउन लाईनमा बस्ने सम्पूर्णले फर्म फिर्ता दिए । फर्म महेन्द्र कंडेल र सूर्य नेमाङ्गले फिर्ता लिनुभएको थियो । यसरी यो दुबै जनाले फर्म दर्ता कार्यक्रम नै आफुहरुको तर्फबाट स्थगित गरेको जानकारी दिनुभएको थियो । यि दुबै जना अध्यक्षको प्रत्यसीहरुले एघार हजार सदस्यले सदस्यता फर्म भर्न बहिस्कार गरेको जानकारी दिनु भएको थियो ।

के भन्छन् त तिनै जना अध्यक्षका प्रत्यासीहरु ?
योगेनबहादुर क्षेत्री
मेरो मुख्य बिषय भनेको मिलेर जाउं भन्नेनै नै हो । साथिहरुले फर्म बुझाउनु होस म सहमतिको लागि बार्ता गर्न तयार छु ।
लाग्दथ्यो उहाँ साच्चैने एनआरएन बिवाद रहित रहोस भन्नेमा निकै चिन्तित हुनुहुन्थ्यो । जुन संभावाना भन्दा बाहिर पुगि सकेको करिव निश्चित छ ।

महेन्द्र कंडेल
सहमतिको बिषयमा कुरा गर्दा बेलायतका हरेक नेपालीलाई एउटा बिषयमा मात्रै के थाहा छ भने गएको कार्यकालमा सहमतिका लागि कस्ले कति गरयो भन्ने नै मुख्य हो । मैले एनआरएनलाई सहमतिको लागि गरेको योगदानलाई एनआरएनको मुख्य मर्म हो भनेर बुझ्न नसक्नुनै सहमतिको बाधक हो । अहिलेको बिवाद भनेको निर्वाचन आयोग नै आफुलाई हाराउनको लागि परेको प्रमाण र तथ्यहरु रहेकोले बेलैमा सचेत हुदैं आयोगको बिस्तार गर्दै सबैको बिश्वासको बातवरण बनाउनको लागि आफुले माग गरे पनि यो बिषयमा छलफलनै गर्न नखोज्नुनै मुख्य प्रमाण हो ।

सूर्य नेमाङ्ग
सहमती भन्दा पनि एनआरएन बेलायतको लिने नीतिको बिषय मुख्य हो । सदस्य बनाउने बिधिमा मन परेको छैन । पैसा हुनेले मात्र चुनावमा जाने प्रकृया गलत छ । एनआरएन बेलायत दुई वटा बन्ने छ हामी त्यही प्रकृयामा जानेछौं ।

आज बेलायतमा बाहिर भाषणहरु भए बहिस्कार गर्नेहरुले आफुहरुसंग एघार हजार सदस्य रहेको र एघार हजार सदस्यले सदस्य भर्नबाट बाहिरिएको जानकारी दिँदै गाडिहरुमा फर्महरु देखाउँदै थिए । तर भित्र के भएको छ पत्रकारको हैसियतले जानकारी पाउं भन्दा भित्र जाने अनुमति दिईएन । फर्म भर्ने समय सकियो भनेर भनियो तर कति फर्म दर्ता भए भनेर भनिएन यो प्रकृयाले निर्वाचन स्वछ नहुनेनै रहेछ भन्ने जनायो । त्यहां त्यत्रो बिवाद भएको छ एनआरएन बेलायतका सदस्यहरुले मिलाउने कुनै पहल गरेको पाईएन । बिवाद भयो त सामाधान गर्नको लागि कमसेकम पहल हुनुपर्छ । एकआर्कालाई हिलो छ्याप्ने प्रबृत्तिले बेलायतमा प्रशस्त ठाउं ओगटेको पाईयो । बेलायतमा नेपालीहरुको चिन्ता भनेको एनआरएन बेलायत साझा संगठन होस मात्र केहि पार्टीको कठपुतली नबनोस भन्ने रहेको छ । यो बेलयतबासीको चिन्तालाई कसरी लिने छ भन्ने बिषयमा अहिलेको बिवादलाई सामाधान गर्ने बिधिमा भर पर्ने छ । यदि दुई एनआरएन बेलायत बिभाजित भयो भने कुनलाई आधिकारिक एनआरएन मान्ने अन्योल छ । किन की एउटा पक्षसंग चार पांच हजार सदस्यता छ भने अर्को पक्षसंग दश एघार हजार सदस्य छ भन्ने दावी रहेको छ । यो दुई दावीलाई एकता गर्ने दुरदर्शिता अहिलेको कार्य समितिमा छ की छैन मुख्य चुनौती बनेको छ । ****

तपाईको प्रतिक्रिया