दिल्ली – हरेक बर्ष जस्तै यसपाली पनि भारतिय स्वतन्त्र दिवसको अवसर पारेर श्री पशुपति सम्पर्क मञ्चको आयोजनामा भारतको राजधानी दिल्ली स्थित गोविन्दपुरीमा भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
नेपालका ख्यातिप्राप्त लोक दोहरी गायक गायिका जमुना राना र हुम गैरे, युवा मनमुटुका धड्कन, नेपालका पप तथा आधुनिक गायक र नायक यशकुमारले आफ्ना आफ्ना प्रस्तुतिद्धारा प्रवासी नेपालीहरुलाई भरपुर मनोरन्जन गराएका थिए । उक्त कार्यक्रमका प्रमुख आर्कषण यशकुमारले एक घण्टाको निरन्तर प्रस्तुतिद्वारा दर्शकहरु र आयोजकहरुको मन जित्न सफल भएका थिए ।
सो कार्यक्रममा सिर्जना सांस्कृतिक परिवारका बालकलाकारहरुले पनि नृत्य प्रस्तुत गरेर दर्शकहरुको मन जित्न सफल भएका थिए। साथमा हास्य कलाकार विजय रानाको रोचक प्रस्तुतिमा दर्शकहरु पेट मिचीमिची हास्न बाध्य भएका थिए । २५ सय भन्दा बढि दर्शक रहेको उक्त कार्यक्रममा जमुना राना र हुम गैरेका दोहोरी प्रस्तुतिमा स्टेज मै पुगेर नाचेका थिए दर्शकहरु ।
त्यसै विच नेपालका स्टार नायक श्रीकृष्णा श्रेष्ठको आगमनमा प्रवासी नेपालीहरुले उनलाई प्रत्यक्ष भेट्न पाएकोमा बढि हर्षित भएका थिए।
उत्तकार्यक्रमका बिशेष अतिथि भारत एण्टी टेरोरिष्ट फ्रन्टका प्रमुख एमएस विट्टा हुनुहुन्थ्यो ।

विभिन्न सामाजिक संस्था मध्येको एक क्रियशिल सामाजिक संस्थाको रुपमा काम गर्दै आएको पशुपति सम्पर्क मञ्चले बेसहरा र विधवाहरुलाई सिलाई मसिन र व्हील चियर वितरण गरेको थियो ।
कार्यक्रममा नेपाली दूताबासका प्रतिनिधिहरु, विभिन्न सामाजिक संस्थाका पदाधिकारीहरु, ब्यावसायीहरु, पत्रकारहरुको उपस्थिति थियो । उक्त कार्यक्रमको सञ्चालन नेपाल दर्शन साप्ताहिकका सहसम्पादक गोविन्द पोख्रेलले गर्नुभएको थियो । ***










