Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

लुभेन – गैर आवासीय नेपाली संघ बेल्जियमको चौथो अधिवेशन अन्तरगत गत ७ जुलाईमा धाँधली र अनियमिता भएको खुलासा भएको छ । निर्वाचनमा लोकतान्त्रिक समावेसी समुह र समावेसी समुह नामबाट २ पक्ष निर्वाचनमा होमिएका थिए ।

तर निर्वाचन प्रकृयामा तत्कालिन निर्वाचन समितिका संयोजक बोधराज पौडेल र निर्वाचन समितिबाट निष्पक्ष निर्वाचन नगरी र उनीहरुले आस्था राख्ने गरेको नेकपा एमाले र उसंग गठबन्धन गरेका समुहलाई विजयी बनाउनको लागि फर्जि मत खसालेको प्रमाणित भएपछि समावेसी समुहहरु निर्वाचन मतगणना स्थलबाट बाहिरिएका हुन । चार क्षेत्रमा करिव १०० फर्जी मत खसालिएको अनुमान गरिए पनि लुभेन क्षेत्रमा ३४ मत फर्जी भएको प्रमाणित भएको छ ।

यसरि भएको थियो धाँधली
चार क्षेत्रमा संपन्न निर्वाचन अन्तरगत लुभेन क्षेत्रको निर्वाचन बुथमा १८:०० बजे सम्पन्न भएको थियो । मतदान समापन पश्चात विश्वव्यापी मान्यता अनुरुप निर्वाचन समिति, दुवै पक्षका उम्मेदवारका प्रतिनिधीहरु बसेर हिसाब गर्दा कुल ३३६ मत खसेको थियो । ३३६ मत खसेको, र उक्त क्षेत्रमा ५०० मतपत्रहरु ल्याइएकोमा बाँकि मतपत्रहरु गन्ने काम भयो । मतपत्र गन्दा १६४ मतपत्रहरु बाँकि रहेका थिए । ३३६ खसेको मत, बाँकि मत १६४ जोडेर निर्वाचन प्रमुख, त्यस क्षेत्रका निर्वाचन अधिकृत खडक केसी, दुवै पक्षका प्रतिनिधीको रोहवरमा लिखित मुचुल्का तयार गरेर मतपेटीका र बाँकि मत पत्रलाई शिलबन्दी गरिएको थियो ।

चार क्षेत्रका मतपेटिकाहरु जम्मा भए पश्चात आमसहमतिमा मतगणनाका प्रकृयाहरु र स्पस्ट आचारसंहिताहरु बनाई मतगणना सुरु गरिएको थियो । चार क्षेत्रका मतपेटिकाहरुलाई चार ठाउँमा गणना गरिएको थियो । जव लुभेन क्षेत्रको मतगणना सुरु गरियो । मतपेटिकामा जम्मा ३३६ मतपत्र हुनु पर्नेमा उक्त संख्या ३७० पुग्यो । जसबाट ३४ मत फर्जी खसेको प्रमाणित भएको छ । पिजी शेर्पा र गंगाधर गौतमको समावेसी समुहले यसलाई पुष्टि गर्न अनुरोध गर्दा निर्वाचन समितिले पटकै पिच्छे कुराहरु फेरे । उनीहरुले यो प्रमाणित गर्न नसकेपछि अध्यक्षका उम्मेद्वार गंगाधर गौतमले सवैका माँझमा यो निर्वाचनमा अनियमितता भएको घोषणा गरि निर्वाचन परिणाम नमान्ने बताउँदै पुःन निर्वाचनको माग गर्दै बाहिरिएका थिए ।

लुभेन क्षेत्रका निर्वाचन अधिकृत केसीले आँफलाई कुल ५०० मतपत्र दिइएको, ३३६ मत खसेको र १३४ मतपत्र बाँकि रहेको स्पस्ट पारेका छन् । यो नै मेरो निर्वाचन क्षेत्रमा भएको आधिकारिक तथ्याँक हो, अरु कुरा म मान्दिन, उनले बताए । श्रोतका अनुसार केसीको इमान्दारिता माथि निर्वाचन समितिका संयोजकले फाइदा उठाएर ६ तारिख साँझ नै संयोजक बोधराज पौडेलले उनका निकटहरुलाई सक्कली मतपत्र बाँडेको बुझिएको छ । स्मरण रहोस निर्वाचन समिति संयोजक बोधराज पौडेल लगायत अन्य ३ निर्वाचन समितिका अधिकृतहरु नेकपा एमालेका सक्रिय कार्यकर्ताहरु हुन् । निबर्तमान अध्यक्ष जानकी गुरुगंले पनि संस्थागत रुपमा अनियमिता गरेको खुल्न आएको छ । उनले रित नपुगेका आवेदनहरुलाई जवरजस्ती अनुमोदन गरि मत हाल्न लगाएकी थिइन । साथै मतदाता सुचीमा नै नरहेकाहरुलाई जवरजस्ती निर्वाचन अधिकृतलाई दवाव दिएर भोट खसाल्न सफल भएकी थिइन । आइसीसी सदस्य अर्जुनकुमार श्रेष्ठले पनि गम्भिर त्रुटीलाइृ तार्किक रुपमा नसल्टाई ढाकछोप गरेका थिए । उनी २ पटक सम्म नेकपा एमालेको समर्थनमा बेल्जियमबाट आइसीसी सदस्य भएका हुन् ।

श्रोतका अनुसार, निर्वाचन समितिमा धाँधली मात्र नगरेर भौतिक आक्रमणको लागि पनि जत्था तम्तयार गरिएको बुझिएको छ । लोकतान्त्रिक समावेसी समुहको तर्फबाट प्रेम गुरुङ र गजेन्द्र गुरुङ २ जना मात्र देखावटी आदिबासी जनजाती उम्मेदवार बनाएको समुहको विपक्षीमा परिणाम आएमा मतपेटिका फाल्ने पुर्ण तयारी रहेको बुझिएको छ । फर्जि ३४ मतको बारेमा निर्वाचन समितिले पुष्टि गर्न नसेकेर मतगणना स्थगित हुँदा समोवेसी समुहका गंगाधर गौतम र पिजी शेर्पा माथि भौतिक आक्रमण हुने देखिए पछि उनीहरु बाहिरिएका हुन, एक प्रत्यक्ष दर्शिले बताए ।

बेल्जियममा रहेका ठुला नेपाली संघसंस्था तथा समुदायले उक्त धाँधलीको सर्बत्र निन्दा गरेका छन् । उनीहरुले एनआरएनलाई कुनै पनि कार्यक्रममा स्वागत नगर्ने र आँफुहरु पनि सहभागी नजनाउने घोषणा गरिसकेका छन् । एनआरएन आइसीसीमा पुःन निर्वाचनको लागि उजुरी दर्ता भै सकेको कुरा अध्यक्ष प्रत्यासी गौतम र आई सीसी सदस्य शेर्पाले बताए ।
एनआरएनको नाममा खुलायम राजनीति गर्ने, पार्टी- पार्टीबिचको लडाई चर्काउने, हुंदा हुंदा भौतिक आक्रमणमा पनि उत्रने जस्ता बिसंगति अन्यत्र पनि फ़ैलदों छ, यस्ता बिसंगतिलाई रोक्नका लागि एनआरएन अगुवाहरुको ध्यान जाने कहिले हो कुन्नि ?  ***

तपाईको प्रतिक्रिया