Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

सिउल – नेपालका बिभिन्न क्षेत्रका बाढी पीडितहरुका लागि कोरियामा सहयोग संकलन अभियान सुरु भएको छ।

कोरियामा लामो समयदेखि समाज सेवामा सक्रिय आस्था बिन्दु मल्लको संयोजकत्वमा आर्थिक सहयोग संकलन हुने भएको हो।
सो आर्थिक सहयोग संकलनको लागि नेपाल पत्रकार महासंघ कोरिया शाखाले सचिव बिशाल गहतराजलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै सो समितिमा बुसान क्षेत्रबाट समाजसेवी तथा पास्टर यज्ञराज सुवेदी, सुदुरपश्चीम समाजका अध्यक्ष सुबास हमाल लगायत रहेका छन्।
त्यस्तै सो समितिमा आन्सान क्षेत्रबाट समाजसेवी गणेश रिजाल रहेका छन्। मल्लले आफ्नो नेतृत्वमा हुन लागेको यो परोपकारी अभियानमा साथ दिन सबै कोरियाबासी नेपालीहरुलाई आग्रह गरेकी छिन्।
देशका बिभिन्न क्षेत्रमा आएको बाढीले धेरै धनजनको क्षति पुर्‍याएको छ।

सहयोगको लागि
आस्था बिन्दु मल्ल-०१०-३१६६७३०५
बिशाल गहतराज -०१०-४४७४७४९१
सुवास हमाल -०१०-९६८६८८४८
गणेश रिजाल ०१० ३४८९९५६३
बैंक खाता: उरी बैंक १००२०३६४३६०३५

तपाईको प्रतिक्रिया