Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

साइप्रस-अध्ययनका क्रममा ४ वर्ष अघि साइप्रस पुगेका एक नेपाली युवाको  ह्रदयघातबाट मृत्यु भएको जानकारी प्राप्त भएको छ ।  ११ मे को बिहान ६ बजे उनी सुतेको ठाउँमै मृत अवस्थामा भेटिएको थियो ।  ललितपुर गोदावारी ८, काठमाण्डौ घर भइ पढ्नको लागि साइप्रस पुगेका २५ बर्षका श्रीकृष्ण शेखर बिसुन्खेको ह्र्द्यघातबाट मृत्यु भएको जानकारी पोष्टमार्टममा दिइएको छ ।  उनी साइप्रसको इन्टरर्नपा कलेजमा अध्यानरत थिए । बिसुन्खेको शव यही २० मे मा साइप्रसको लारनाका एअरपोर्टबाट बेलुकाको ३ बजे नेपाल पठाउन लागिएको र नेपालको काठमाण्डौ एअरपोर्टमा २१ मे मंगलवार बेलुकाको ८ बजेर २० मिनेटमा पुग्नेछ ।

एनआरएन साइप्रसको कार्यालयमा नेपालीहरु भेला भइ मृतात्माको शान्तिको कामना गरिएको थियो । एनआरएन साइप्रसले मृतकको परिवारलाइ  नेपाली २१ हजार ५ सय ५१ रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया