टोकियो (जापान)- धेरै नेपालीहरूका लागि जापान आकर्षणको एउटा गन्तब्य बनेको छ । युवाहरू विद्यार्थी भिसालगायत अरू कामका लागि जापान जाने क्रम बढेको छ । नेपाली राजदूतावासका अनुसार करिव १८ हजार नेपाली जापानमा छन् ।
नेपालको उल्लेख्य बसोबास रहेको जापानमा बीबीसी मिडिया एक्सनको चर्चित कार्यक्रम ‘साझा सवाल’ गत बैशाखमा रेकर्ड भएको थियो । जापानको राजधानी टोकियोको एउटा सामुदायिक केन्द्रमा झण्डै दुईसय नेपालीहरूबीच रेकर्ड गरिएको साझा सवालमा नेपाली राजदूत डा मदनकुमार भट्टराई र जापानमा रहेका नेपाली व्यवसायी तथा गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष भवन भट्ट थिए ।








