टोकियो – नेपालको पर्यटन प्रबर्द्धन गर्ने मुल उद्देश्यले जापानमा हरेक बर्ष हुँदै आएको नेपाल महोत्सव यो बर्ष एनआरएन जापानको आयोजनामा जुलाईको २८ र २९ तारिख हुने भएको छ ।
टोकियोको मध्यभागमा पर्ने योयोगी पार्कमा हुन गईरहेको नेपाल महोत्सवलाई ब्यवस्थित, मर्यादित र उपलब्धिमुलक बनाउन एनआरएन जापानले उपाध्यक्ष चिरिञ्जिवी थापाको संयोजकत्वमा महोत्सव आयोजक समिति गठन गरी तैयारीलाई अगाडि बढाईएको एनआरएन प्रवक्ता शरदकुमार गौचनले बताउनुभएको छ । दुइ दिवसिय महामेलाको स्मय भने बिहान १० बजेदेखि साँझ ७:३० बजेसम्म निर्धारण गरिएको छ ।
महामेलामा नेपाल र नेपालीको चिनारिको साथै नेपालको ब्यापारिक पक्ष संगै पर्यटन प्रबर्धनतिर बिशेष केन्द्रित रहने बताईएको छ ।
लुम्बिनी भ्रमण बर्ष २०१२ लाई ध्यानमा राखी बिशेष कार्यक्रमको प्रस्तुति र नेपाली कला, संस्कृति झल्काउने खालका स्टेज कार्यक्रम समेत गरिने बताईएको छ ।
यस बर्षको “नेपाल महोत्सव २०१२” जापान स्थित नेपाली दूतावासको बिशेष अग्रसरतामा नेपाल पर्यटन बोर्ड, जापानको परराष्ट्र मन्त्रालय र टोकियो महानगरपालिकाको समेत सक्रिय सहयोग रहने एनआरएन जापानले बताएको छ ।
संयोजक चिरन्जिबी थापाकाअनुसार जापानबासी आम नेपालीलाई समेटेर यस मेला सम्पन्न गर्नको लागि मुल समिति गठन प्रक्रिया अघि बढिसकेको र छिटै सार्वजनिक गरिने कुरा पनि जनाईएको छ ।
जापानमा सिंगो नेपालको चिनारी र नेपाली एकता कायम हुने यस सौभाग्यलाई सौहार्दपूर्ण बातावरणमा पूर्ण मर्यादित ढंगले सम्पन्न गर्नको लागि जापानबासी आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको लागि एनआरएन जापानका अध्यक्ष ओम गुरुङले हार्दिक आहवान गर्नुभएको छ । ***








