Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – काठमाडौंको थापाथली क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग गरिएको छ। बागमती नदी किनारमा रहेको सार्वजनिक तथा सरकारी जग्गामा बनेका अवैध संरचना हटाउने क्रममा आजदेखि अभियान सुरु गरिएको हो।

प्रारम्भिक चरणमा दुई वटा डोजर परिचालन गरिएको छ। बस्तीमा रहेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्रहरी परिचालित गरिएको छ।

अवैध संरचना हटाउने क्रममा सो क्षेत्रमा सुरक्षा कडा बनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको ठुलो संख्यामा उपस्थिति रहेको छ। काठमाडौँ महानगर प्रहरी बलका अनुसार थापाथली क्षेत्रको काम सकिएपछि आजै गैरीगाउँमा पनि अवैध संरचना हटाउन जाने योजना रहेको छ।

तपाईको प्रतिक्रिया