Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
तोरी र गहुँ

तोरी र गहुँ

भक्तपुरकाे सूर्यविनायक -१० नलिन्चोकमा लगाइएको तोरीबारी र गहुँबालीकोे दृष्य ।
निर्माणाधीन स्थानीय सडक

निर्माणाधीन स्थानीय सडक

बागलुङको तमानखोला-२ को कटेरीगाउँ र खोलस्वाङ गाउँ जोड्न अक्करे पहाडमा निर्माण भइरहेको कच्ची सडक ।
बलेवा विमानस्थल धावनमार्ग

बलेवा विमानस्थल धावनमार्ग

बागलुङ नगरपालिका-१४ स्थित नारायणस्थानमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे पश्चात देखिएको दृश्य ।
रामानन्द चोक

रामानन्द चोक

जनकपुरधाम उपनगरपालिका अवस्थित रामाचन्द चोक ।
थाक्रोमा मकै

थाक्रोमा मकै

म्याग्दीको बेनी नगरपालिका-९, ढोलथानामा थाक्रोमा भण्डारण गरेर राखिएको मकै ।
किसानको दैनिकी

किसानको दैनिकी

बागलुङको तमानखोला गाउँपालिका-२ मुठाचौरका किसान आलु खेतीका लागि बारीमा प्राङ्गारिक मल छर्दै ।
गौतमबुद्ध थाई जहाज

गौतमबुद्ध थाई जहाज

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको थाइ एयरको जहाज । उक्त जहाजले बिहान १० देखि ४ बजेसम्म दैनिक क्यालिब्रेसन फ्लाइट सञ्चालन गरिरहेको छ ।
तुल प्रदर्शन

तुल प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ कार्यक्रममा हेलिकोप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस लेखिएको तुल प्रदर्शन गर्दै नेपाली सेना ।
खरले घर छाउँदै

खरले घर छाउँदै

सङ्खुवासभाको मकालु गाउँपालिका-३ को उलिङ गाउँमा खरले घर छाउँदै स्थानीय । गाउँघर तिर अहिले पनि परम्परागत रुपमा खरले घर छाउने चलन छ ।
तोरीबाली

तोरीबाली

बागलुङको तमानखोला गाउँपालिका-३ स्थित तमान गाउँमा फुलेको तोरीबाली ।
तेमालमा डम्फूपार्क

तेमालमा डम्फूपार्क

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका -५, साइबाडाँडामा निर्माण गरेको तामाङ समुदायको सांस्कृतिक बाजा डम्फूपार्क ।
मनास्लु र घलेगाउँको दृश्य

मनास्लु र घलेगाउँको दृश्य

क्व्होलासोथर गाउँपालिका-३, घलेगाउँ डाडाँबाट देखिएको मनास्लु हिमाल र पर्यटकीय घलेगाउँ ।
पानीको जोहो…

पानीको जोहो…

दाङको घोराही-१९, खोलीगाउँका महिला पिठ्युँमा पानी बोकेर गन्तव्यतर्फ जाँदै । यो ठाउँमा एक गाग्रो पानी लिन तीन घण्टा लाग्ने गरेको उनीहरू बताउँछन् ।
धौलागिरि हिमाल

धौलागिरि हिमाल

म्याग्दीको बेनी नगरपालिका-१, पर्यटकीय गाउँ रत्नेचौरको हरियाली र मौसम खुलेपछि देखिएको धौलागिरि हिमाल ।
तोङवाको स्तम्भ

तोङवाको स्तम्भ

ताप्लेजुङको सदरमुकाम नजिकै रहेको पर्यटकीयस्थल सुकेटार क्षेत्रमा पर्यटकलाई आकर्षण गर्नका लागि बनाएको तोङवाको स्तम्भ ।
चन्द्रागिरी केवल कार

चन्द्रागिरी केवल कार

सन् २०१६ मा खोलिएको चन्द्रागिरी केवल कार । थानकोटदेखि चन्द्रागिरि पहाडसम्म चल्छ ।
सुनसान तातोपानी

सुनसान तातोपानी

सुनसान बनेको म्याग्दीको बेनी नगरपालिका-४ स्थित तातोपानी कुण्ड । कोरोनाको तेस्रो लहर फैलिएपछि तातोपानी कुण्डमा स्नान गर्ने नआएपछि सुनसान भएको हो ।
भगवती गाउँ

भगवती गाउँ

म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ स्थित भगवती गाउँ र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमाल ।