बुधबार बैशाख २९, २०७८
पोखरा महानगरपालिका-६ जरेवरबाट मङ्गलबार बिहान देखिएको माछापुच्छ्रे । तस्बिरः राधिका कँडेल
आइतवार बैशाख २६, २०७८
चैनपुर नगरपालिका-११ सातटारेमा गाई चराइँदै । ग्रामीण समाजमा पशुपालन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ ।
शुक्रबार बैशाख २४, २०७८
कोरोना सङक्रमण रोकथामको लागि निषेधाज्ञा लगाएपनि सिंहदरबार अगाडी सडक पेटीमा रंग लगाउँदै कामदार ।
बुधबार बैशाख २२, २०७८
पोखराको चिप्लेढुङ्गा बजारमा साइकलमा तरकारी बिक्रीका लागि लिएर हिँडेका व्यापारी ।
मङ्लबार बैशाख २१, २०७८
सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा सुनसान देखिएको घण्टाघर आसपास क्षेत्र ।
मङ्लबार बैशाख २१, २०७८
काठमाडौंको भद्रकाली सडक छेउमा फूलिरहेको जाकाराण्डा फूल साथै पृष्टभूमिमा नवनिर्मित धरहरा ।
आइतवार बैशाख ५, २०७८
म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लागिगुराँश ।
आइतवार बैशाख ५, २०७८
विसं २०७२ को भूकम्पबाट पूर्णरूपमा भत्किएको ९ तल्ले धरहरा सोही परिसरमा अर्काे २५ तल्ला (भूईंतलासहित) को निर्माण कार्य अन्तिम चरणमा पुगेको धरहरा ।
शुक्रबार बैशाख ३, २०७८
बिस्केट जात्राका सन्दर्भमा मध्यपुर थिमिको बोडेमा ४८ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले १० इन्च लामो सियोले जिब्रो छेडेपछि भक्तजनसँग ।
बिहिबार बैशाख २, २०७८
म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्यता रहेको यस गाउँका सबै घरहरु ढुङ्गाले छाएका छन् ।
बिहिबार बैशाख २, २०७८
ललितपुुरको बालकुमारीबाट देखिएको २०७७ सालको अन्तिम सूर्यास्तको दृश्य ।
बिहिबार बैशाख २, २०७८
भक्तपुरको प्रसिद्ध जात्रा बिस्का जात्राको चौथो दिन भेलुखेल (योसिं ख्यः)मा ५५ हातको लिङ्गो उठाउँदै स्थानीय ।
मङ्लबार चैत्र ३१, २०७७
इटहरी उपमहानगरपालिका-९ मा रहेको चिन्तन चौतारीमा निर्माण भएको नेपाल आमा मूर्ति ।
मङ्लबार चैत्र ३१, २०७७
ललितपुर महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित बचु हाइटमा रहेको वन डे थ्री डि आर्ट वल्ड म्युजियममा तस्वीर खिच्दै आन्तरिक पर्यटक ।
सोमवार चैत्र ३०, २०७७
कञ्चनपुरको दोधारा, चाँदनीमा रहेको झोलुङ्गे पुलबाट साँझपख देखिएको सूर्य अस्ताउँदै गरेको दृश्य ।
आइतवार चैत्र २९, २०७७
गत मङ्सिरमा हिमपात भएपछि दार्चुलाको व्यास गाउँपालिका-१ छाङ्गरुको सुनसान गाउँ ।
आइतवार चैत्र २९, २०७७
घोडेजात्रा २०७७ को अवसरमा सैनिक मञ्च टुडीखेलमा घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिकहरु ।
आइतवार चैत्र २९, २०७७
भक्तपुरको साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा टौमढीस्थित ङातापोल मन्दिर परिसरमा भैल खः तानातान गरी सुरु भएको छ ।
आइतवार चैत्र २९, २०७७
पत्रकार महासंघको अध्यक्ष विजयी विपुल पोखरेललाई बधाई तथा कार्यकालको शुभकामाना दिँदै अध्यक्ष पदका अर्की उम्मेदवार निर्माला शर्मा ।
आइतवार चैत्र २२, २०७७
जापानको आर्थिक सहयोगमा निर्मित पानी प्रशोधन केन्द्र । तस्बिर : जापानी दूतावास