बुधबार भदौ २, २०७८
पोखराको अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्राहलय । पोखरा महानगरपालिका-१७ रातोपैराह्रस्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयको दृश्य ।
बुधबार भदौ २, २०७८
बागलुङ बजारमा खानेपानीका धारामा धमिलो पानी आएपछि बजारवासीले तित्याङबाट पिउने पानी बोकर घरतर्फ त्याउँदै ।
मङ्लबार भदौ १, २०७८
डडेल्धुरा नवदुर्गा गाउँपालिका-२ वडमवासी कुवाबाट खानेपानी लिएर घरतर्फ जाँदै ।
सोमवार साउन ३२, २०७८
बागलुङको काठेखोला गाउँपालिका-२ स्थित भिमापोखरामा रहेको घुमाउने पोखरी । पोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् ।
सोमवार साउन ३२, २०७८
भक्तपुरको तौमडी घना बस्ती बिच भागमा रहेको विश्व सम्पदा सूचिमा सूचिकृत न्यातपोल (पाँचतले) मन्दिर ।
आइतवार साउन ३१, २०७८
विश्वसम्पादाको सूचीमा सूचीकृत पर्यटकीयस्थल स्वयम्भूको विश्वशान्ति पोखरीमा तिर्खाएको बाँदर पानी पिउँदै ।
शुक्रबार साउन २९, २०७८
काभ्रेपलाञ्चोकको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक क्षेत्र पनौती नगरपालिका-७ स्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा घुम्दै आन्तरिक पर्यटक ।
बिहिबार साउन २८, २०७८
सडक सञ्जालमा जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम सिमकोटवासी जोखिम मोलेर यात्रा गर्दै । सडक नहुँदा सिमकोट गाउँपालिका र आसपासका पालिकावासी उपचार वा उपभोग्य समान किन्न कष्टकर यात्रा...
बिहिबार साउन २८, २०७८
तुलसीपुर उपमहानगरपालिका-१४ स्थित ड्वाङपुरमा प्राकृतिक धरोहरका रुपमा रहेको हात्तीढुङ्गा ढलेका अवस्थामा ।
बिहिबार साउन २८, २०७८
कोरोनाको प्रवाह नगरी साझपख ललितपुरको पाटन दरबार तथा त्यस आसपास क्षेत्र घुम्न निस्किएका सर्वसाधरण ।
बिहिबार साउन २८, २०७८
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा बर्खा मौसममाा फुलेका फूल ।
बिहिबार साउन २८, २०७८
बागलुङको काठेखोला गाउँपालिका-३, धम्जा-बेलढुङ्गा जोड्ने सडकमा फसेको जीपलाई धकेल्दै यात्रु ।
आइतवार साउन २४, २०७८
काठमाडौंको हलचोकबाट शनिबार देखिएको काठमाडौं उपत्यकाको दृश्य ।
शुक्रबार साउन २२, २०७८
पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको बाराहीघाटमा पर्यटकको पर्यटक पखाईमा रहेका डुङ्गाहरु ।
शुक्रबार साउन २२, २०७८
तनहुँको पर्यटकीय नगरी ‘पहाडकी रानी’ नामले परिचित बन्दिपुर बजार । कोरोना कहरका कारण बन्दिपुरको पर्यटन प्रभावित भएको छ ।
मङ्लबार साउन १९, २०७८
म्याग्दीको बेनी-२ ज्यामरुककोटको केन्द्र ऐतिहासिक भकुण्डेचौर गाउँ । बाइसे चौबीसे राज्यकालका राजा भर्दिवम मल्लले आफ्ना सैनिकलाई यहाँ प्रशक्षिण दिने गर्दथे ।
सोमवार साउन १८, २०७८
मन्द मुस्कानसहित धान रोप्नलाई खेत जोत्न जुवा लिएर निस्किएका खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका किसान ।
आइतवार साउन १७, २०७८
मेलम्चीको बाढीले भत्किएकाे घर ।
शनिबार साउन १६, २०७८
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खोपारा लेकमा गरिएको चौरीपालन ।
शनिबार साउन १६, २०७८
म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँट गाउँमा अवस्थित उडाइनो झरना ।