सोमवार मंसिर २०, २०७८
वरिपरि हिउँले ढाकेको र तालको सतहमा पानी जमेको विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल ।
शनिबार मंसिर १८, २०७८
बेलौरी नगरपालिका-६ स्थित पुरैना ताल छेउमा रमाउँदै घोघिँफोड चरा । हिउँदका बेला चिसो छल्नका लागि यी चरा यहाँ आइपुग्ने गर्दछन् ।
शनिबार मंसिर १८, २०७८
समुद्री सतहदेखि २१०० मिटर उचाइमा रहेको लमजुङ क्व्होलासोथर गाउँपालिका-३ घलेगाउँ । यतिबेला घलेगाउँमा पर्यटकले यहाँ सञ्चालित घरवास भरिभराउ भएको छ ।
शनिबार मंसिर १८, २०७८
हिमालपारीको जिल्ला मुस्ताङमा हिमाल हेर्दै आन्तरिक पर्यटक ।
बिहिबार मंसिर १६, २०७८
राप्रपाको एकता महाधिवेशनमा आफ्नै भेषभुषामा सजिएर सहभागी हुनुभएकी राप्रपाकी नेतृ एवं संविधानसभा सदस्य दालकुमारी सुनुवार ।
मङ्लबार मंसिर १४, २०७८
म्याग्दीको बेनी अस्पताल परिसरमा बिग्रिएर थन्किएको एम्बुलेन्स । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतले उपलब्ध गराएको एम्बुलेन्स मर्मत अभावमा थन्किएको हो ।
मङ्लबार मंसिर १४, २०७८
बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका शारीरिक अशक्तता भएका व्यक्तिलाई समस्या हुने गरेको छ ।
मङ्लबार मंसिर १४, २०७८
बैतडीको मेलौलीमा गहुँ उम्रेपछि देखिएको खेतको दृश्य ।
मङ्लबार मंसिर १४, २०७८
चितवनको नारायणी नदीमा मोटर बोटमा सयर गर्दै सर्वसाधारण ।
सोमवार मंसिर १३, २०७८
हुम्लाको नाम्खा गाउँपालिकाको-६ लिमीमा खाद्यान्न अभाव भएपछि स्थानीयका लागि खाद्यान्न ढुवानी गर्दै सेनाको हेलिकप्टर ।
शुक्रबार मंसिर १०, २०७८
एमाले महाधिवेशनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादव ५ महिनापछि एउटै मञ्चमा देखिएका छन् ।
बुधबार मंसिर ८, २०७८
कञ्चनपुरको कृष्णपुरका किसान गहुँ छरेको खेतमा राँगाको सहायताले हेँगा लगाउँदै ।
बुधबार मंसिर ८, २०७८
खाँडाचक्र नगरपालिका कालीकोटको पिली पहाडलाई चिरेर बगेको कर्णालीको शाखा तिलानदी ।
सोमवार मंसिर ६, २०७८
पित्तलले छाएपछि चिटिक्क देखिएको म्याग्दीको बेनी नगरपालिका-९ स्थित गलेश्वरधाम मन्दिर ।
सोमवार मंसिर ६, २०७८
भारतीय योगगुरु रामदेव हेलिकप्टरबाट धुलिखेलमा ।
सोमवार मंसिर ६, २०७८
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ।
शनिबार मंसिर ४, २०७८
खेतको काम सकेपछि घर फर्कने क्रममा बागलुङ नगरपालिका-९ तित्याङका किसान काठेखोला पार गर्दै ।
शुक्रबार मंसिर ३, २०७८
चीसो सुरु भएसँगै तराईमा परालको घुर बालेर जाडो भगाउने प्रयास गरिन्छ ।
सोमवार कार्तिक २९, २०७८
काठमाडौँको फर्पिङबाट देखिएको नेपाल एयरलाइनसको विमान साथै पृष्ठभूमिमा मुस्कुराई रहेको हिमशृङ्खला ।
सोमवार कार्तिक २९, २०७८
स्याङ्जाको वालिङ नगरपालिका-२ धौखोलास्थित बारी पाक्दै गरेको कोदोबाली ।