Deneme Bonusu Veren Siteler
बिहिबार, असार २५, २०८३
Thursday, July 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंह चारदिने भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन्।

उनका स्वकीय सचिव रञ्जित झाका अनुसार सिंहसँगै अन्य तीन–चार जना सांसद पनि चीन गएका छन्। तर भ्रमणको उद्देश्य र कार्यक्रमबारे आफूलाई जानकारी नभएको उनले बताएका छन्। झाका अनुसार डा. सिंह शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ।

सिंहको चीन भ्रमणलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ। पछिल्लो समय उनी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारप्रति असन्तुष्ट देखिँदै आएका छन्। साथै, रास्वपाको चितवनमा सम्पन्न प्रथम महाधिवेशनमा पनि उनी सहभागी भएका थिएनन्।

तपाईको प्रतिक्रिया