समाचार सुन्नुहोस :
काठमाडौँ – सभामुखलाई नेकपा एमालेका सांसद राजेन्द्र राईले ‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न’ भनी प्रश्न गरेपछि सभामुख आक्रोशित बनेका छन् । राईले सभामुख महोदय, तपाईं कान सुन्नुहुन्छ कि हुँदैन’ भनी प्रश्न गरेपछि सभामुख डोलप्रसाद अर्याल आक्रोशित बनेका थिए । “माननीय सदस्य ! तपाईं सभामुखको अपहेलना गर्दै हुनुहुन्छ त्यसो हुँदा तपाईं बस्नूस्,” सभामुख अर्यालले निर्देशन दिँदै राईलाई रोकेका थिए ।
उनले राईलाई बोल्न रोकेपछि एमाले सांसद उठेर विरोध जनाएका थिए । त्यसपछि उनले सांसद परशुराम तामाङलाई समय दिए । उनले तीन पटक बोलाउँदा पनि आफ्नो कुरा राखेनन् । त्यसपछि सभामुखले बोल्ने क्रममा सभामुखको अपमान हुने गरी भाषा प्रयोग गरेकोमा ध्यानकर्षण गराएका छन्।








