Deneme Bonusu Veren Siteler
बिहिबार, असार २५, २०८३
Thursday, July 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पहिलो पटक निजी क्षेत्रका उद्योगी–व्यवसायीका समस्या र सुझाव सुन्ने भएका छन्। यसका लागि उनले आज बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफलको आयोजना गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे हुने छलफलमा विभिन्न निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकमा उद्योगी–व्यवसायीले आफ्नो क्षेत्रका समस्या, चुनौती र सुझाव प्रधानमन्त्रीसमक्ष राख्नेछन्। छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रमुख संस्थाका प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।

गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहसँग भेटका लागि निजी क्षेत्रले यसअघि पनि पहल गरेको थियो। तर, समय नमिलेका कारण औपचारिक भेट हुन सकेको थिएन। बुधबारको छलफललाई प्रधानमन्त्री र निजी क्षेत्रबीचको पहिलो औपचारिक संवादका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया