Deneme Bonusu Veren Siteler
बिहिबार, असार २५, २०८३
Thursday, July 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ टोलीको टुंगो लागेको छ। अन्तिम १६ बाट पोर्चुगलसँगै सहआयोजक राष्ट्र अमेरिका, क्यानडा र मेक्सिको प्रतियोगिताबाट बाहिरिएका छन्। यस्तै, ब्राजिल र कोलम्बियाको यात्रा पनि यही चरणमा समाप्त भएको छ।

अब क्वाटरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्डले उपाधि होडलाई निरन्तरता दिनेछन्। क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ल्यान्डसँग र स्विट्जरल्यान्डले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

क्वाटरफाइनलका खेल नेपाली समयअनुसार बिहीबार रातिबाट सुरु हुनेछन्। पहिलो खेलमा बिहीबार राति १:४५ बजे फ्रान्स र मोरक्को भिड्नेछन्। त्यसपछि शुक्रबार राति १२:४५ बजे स्पेन र बेल्जियम, शनिबार राति २:४५ बजे नर्वे र इङ्ल्यान्ड तथा आइतबार बिहान ६:४५ बजे स्विट्जरल्यान्ड र अर्जेन्टिनाबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया