Deneme Bonusu Veren Siteler
सोमवार, असार २२, २०८३
Monday, July 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसहित काठमाडौंमा आन्दोलन गरिरहेका नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता पाएपछि आन्दोलन स्थगित गरेका छन्।

गत मंगलबारदेखि धर्ना र प्रदर्शनमा सहभागी आन्दोलनकारी आइतबार बिहान सुस्ता फर्किएको अभियानका संयोजक बाबु खाँले जानकारी दिएका हुन्। गृह मन्त्रालयले सुस्ता क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने, नागरिकताविहीन व्यक्तिको विवरण संकलन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराउने विषयमा पहल गर्ने प्रतिबद्धता जनाएको संयोजक बाबु खाँले बताए।

सुस्तामा फर्किएपछि आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयसँग थप छलफल गर्ने तयारी गरेका छन्। आइतबार सार्वजनिक बिदा भएकाले सोमबार प्रशासनसँग मन्त्रालयको प्रतिबद्धता कार्यान्वयनबारे छलफल हुने बताइएको छ। ५० भन्दा बढी सुस्तावासीले सीमा सुरक्षा, भूमि संरक्षण तथा स्थानीयलाई नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसहित माइतीघर मण्डलामा धर्ना दिएका थिए। गृह मन्त्रालयको आश्वासनपछि उनीहरूले हालका लागि आन्दोलन स्थगित गरेका हुन्।

तपाईको प्रतिक्रिया