Deneme Bonusu Veren Siteler
सोमवार, असार २२, २०८३
Monday, July 6, 2026

टोकियो – जापानी प्रधानमन्त्री सानाए ताकाइचीले यस वर्षको प्रतिष्ठित ‘जापान ज्वेलरी बेस्ट ड्रेसर अवार्ड’ हात पारेकी छिन् । टोकियोको ‘टोकियो बिग साइट’मा आयोजित ३७औँ वार्षिकोत्सव समारोहमा ताकाइचीलाई यो विशेष सम्मान प्रदान गरिएको हो ।

सन् १९९० देखि हरेक वर्ष प्रदान गरिने यो अवार्ड ज्वेलरी (गहना) उद्योगका विज्ञहरूद्वारा मनोनीत ती व्यक्तिहरूलाई दिइन्छ, जो अघिल्लो वर्ष गहनाका साथ सबैभन्दा बढी ‘चम्किला’ वा ‘आकर्षक’ देखिएका हुन्छन् ।

अवार्ड ग्रहण गर्दै ६५ वर्षीया प्रधानमन्त्री ताकाइचीले भनिन्, ‘यी गहनाहरूको चमक जस्तै, जापानका धेरैभन्दा धेरै नागरिकहरूले देशको भविष्य उज्ज्वल छ भन्ने महसुस गर्न सकून् भनेर म कडा मिहिनेत गर्नेछु ।’

आयोजकका अनुसार प्रधानमन्त्री ताकाइचीले समारोहमा मोती र हीरा जडित आकर्षक झुम्का र हार लगाएकी थिइन्, जुन उनलाई सोही अवसरका लागि उपलब्ध गराइएको थियो ।

यस वर्ष ताकाइचीका साथै मनोरञ्जन क्षेत्रका विभिन्न चर्चित हस्तीहरू पनि सम्मानित भएका छन् । जसमा अभिनेत्री मिनामी हामाबे, अभिनेत्री तथा गायिका आत्सुको माएदा, गायक तथा सङ्गीतकार कोइची दोमोतो, अभिनेत्री मारिका मात्सुमोतो र साकी ताकाओका रहेका छन् ।

जापानको राजनीतिमा कडा स्वभावकी राष्ट्रवादी नेताका रूपमा चिनिने प्रधानमन्त्री ताकाइचीको यो ‘ग्लायमरस’ उपस्थिति र सम्मानले जापानमा निकै चर्चा पाएको छ ।

तपाईको प्रतिक्रिया