Deneme Bonusu Veren Siteler
सोमवार, असार २२, २०८३
Monday, July 6, 2026

टोकियो – साविक उपविजेता फ्रान्स र अफ्रिकी टोली मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अमेरिकाका विभिन्न शहरमा सम्पन्न राउन्ड अफ १६ का खेलहरूमा जित निकाल्दै यी दुई टोली अन्तिम आठमा पुगेका हुन् ।

फिलाडेल्फिया स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले पाराग्वेलाई १-० ले पराजित गर्‍यो । फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले ७० औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । जारी विश्वकपमा एम्बाप्पेको यो सातौँ गोल हो । यससँगै उनी सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनी कप्तान लियोनल मेसीसँगै शीर्ष स्थानमा उक्लिएका छन् ।यता डालासमा भएको अर्को खेलमा मोरक्कोले सह-आयोजक क्यानडालाई ३-० को फराकिलो अन्तरले स्तब्ध पार्‍यो । मोरक्कोको जितमा अजेडिन ओउनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरे । ब्राहिम डियाजले दुई गोलका लागि पास उपलब्ध गराएको यस खेलको दोस्रो हाफमा मोरक्को पूर्ण रूपमा हाबी भएको थियो ।

सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्कोले यसपटक पनि आफ्नो सानदार यात्रा जारी राखेको छ । अब सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को आपसमा भिड्नेछन् ।

तपाईको प्रतिक्रिया