Deneme Bonusu Veren Siteler
शनिबार, असार १३, २०८३
Saturday, June 27, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आज साँझ हुने भएको छ। महाधिवेशन आयोजक समितिका अनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई आज साँझ ६ः३० बजे महाधिवेशनस्थलमै शपथ गराउने कार्यक्रम तय गरिएको छ।

आयोजक समितिले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन आग्रह गरेको छ। रास्वपाको महाधिवेशन आइतबारदेखि सुरु भएको थियो। पदाधिकारी र केन्द्रीय सदस्य चयन प्रक्रिया सम्पन्न भएपछि आजै निर्वाचित टोलीलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गर्न लागिएको हो।

तपाईको प्रतिक्रिया