Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – नेपाल एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा पुगेको छ । आइतबार बिहान ओमानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । ओपनर कुशल भूर्तेल ८ बल खेलेर २० रन बनाउँदै आउट भएका थिए । उनले ३ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर आशिफ शेख १ रनमै आउट भएपछि कप्तान रोहित पौडेल र लोकेश बमले खेललाई जिततर्फ डोहोर्‍याएका थिए ।

कप्तान रोहितले २० बल खेलेर २१ रन बनाए। उनले २ चौका प्रहार गरे । त्यस्तै लोकेसले २६ बलम ४४ रन बनाए। उनले ७ चौका र १ छक्का प्रहार गरे । बलिङतर्फ ओमानका समीर ओठम्यानले २ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको ओमानलाई नेपालले १९.४ ओभरमा अल आउट गर्दै ९४ रनमा रोकेको थियो । त्यस क्रममा करण केसीले ३ र सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए । शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

नेपालको कसिलो बलिङमा कप्तान शुफ्यान मेहमुदले ३८ रन बनाए । जुबेर अल बलुसीले २२ रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले हङकङ र मलेसियाबीचको विजेतासँग मंगलबार फाइनल खेल्नेछ ।

तपाईको प्रतिक्रिया