Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

IMG_7719दोहा–चितवन युवा समुह दोहा कतार द्वारा गठित चितवन चेपाङ उत्थान सेवा समितिले पश्चिम चितवनको जगतपुरमा रहेका अनाथ बालालिकालाई सहयोग गरेको छ । प्रभात किरण सेवा समाजको संरक्षणमा रहेको प्रभात अनाथालयका बालबालिकालाई समितिले १३ हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको समाजका अध्यक्ष छविलाल न्यौपानेले बताउनु भयो ।
निकुञ्ज क्षेत्र अन्तर्गत घाँस दाउरा गर्न जाँदा सेनाहरुले जबरजस्ती शारीरिक सम्पर्क गरी गर्भ रहन गएका र त्यस्ता सेनाहरु सरुवा भएर अन्त गएपछि जन्मिएर बिचल्लीमा परेका, जंगली जनावरको चोरी तस्करीमा बाबुआमा पक्राउ परे पछि विचल्ली परी अनाथ बन्न पुगेका बच्चाहरुको उद्धार गरी पालन पोषण तथा शिक्षा दीक्षाको लागि आश्रममा राखिएका बच्चाहरुको खाद्यान्न संकट टार्न कतारमा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट सो सहयोग जुटाईएको नेपाल पत्रकार महासंघ दोहा शाखाका अध्यक्ष तथा गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषदका संचार कार्यदल सदस्य रवि भट्ट रोषिले जानकारी दिनु भएको छ । संकलित रकमबाट प्रभात अनाथालयका बालबालिकालाई दश बोरा चामल, पाँच किलो दाल पाच लिटर खाने तेल, एक बोरा भुजा तथा साढे २२ किलो आलु सहयोग गरिएको छ । सो सहयोग समाग्री रवि भट्ट रोषिले प्रभात किरण सेवा समाजका अध्यक्ष न्यौपानेलाई हस्तान्तरण गर्नु भएको हो । उक्त आर्थिक सहयोग कतारमा रहेका विभिन्न व्यवसायी, संघसंस्था तथा ब्यक्तिहरु द्वारा प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया