Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – अमेरिका र इरानबीच दुई साताको युद्धविराम भएपछि शान्ति वार्ताका लागि कूटनीतिक पहल तीव्र बनेको छ। यसक्रममा इरानको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। साथै, अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि त्यहाँ पुग्ने तयारीमा छन्।

वार्तामा अमेरिकाको तर्फबाट भान्ससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकाफ र जारेड कुशनर सहभागी हुनेछन्। पछिल्ला हप्ताहरूमा पाकिस्तानले दुवै देशबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। अमेरिकाले इरानबाट वार्ताका लागि प्रस्ताव प्राप्त भएको जनाएको छ भने इरानले पनि आफ्ना सर्तहरू प्रस्तुत गरेको छ। दुवै पक्षले वार्ताबाट समाधानको अपेक्षा गरेका छन्।

यद्यपि, इरानले इमानदारी नदेखाए कडा प्रतिक्रिया दिने चेतावनी अमेरिकाले दिएको छ। उता क्षेत्रीय तनाव, विशेषगरी लेबनानमा जारी आक्रमणले वार्ताको सफलतामाथि अझै अन्योल कायम राखेको छ।

तपाईको प्रतिक्रिया