Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख पदको चयन आज हुने भएको छ। दिउँसो ४ बजे बस्ने संसद् बैठकले नयाँ उपसभामुख चयन गर्नेछ भने सोही दिन साँझ ६ बजे शपथग्रहण कार्यक्रम तय गरिएको राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको छ। उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक्लै १८२ मत रहेको छ। रास्वपाले ठाकुरलाई समर्थन गर्ने निर्णय गरिसकेकोले उनको जित सुनिश्चितजस्तै देखिएको छ।

आजको बैठकपछि उपसभामुखको चयन प्रक्रिया टुंगो लाग्नेछ र तत्कालै शपथग्रहण गराइने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया